प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भीरबाट लडी मृत्यु

२०८१-०४-१०

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८१।०४।०९ गते ०९:४५ बजे जिल्ला बैतडी, डिलासैनी गा.पा.६ खरेली गांउ बस्ने केशव नाथकी श्रीमती बर्ष २२ की अनिता नाथ घर देखि अं. १ कि.मि. पश्चिम डोबरा स्थित खर/फागलामा घाँस काट्ने क्रममा भीरबाट अं. २००।३०० मिटर तल खस्न गई घटनास्थलमा नै मृत्यु भएको, इलाका प्रहरी कार्यालय, पाटन बैतडीबाट प्र.नि.राजेन्द्र साँउदको कमाण्डमा प्रहरी टोली खटिई घटनास्थल कार्य पुरा गरि लास पोष्टमार्टमको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाईएको ।



सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।