प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत्त लास फेला परेको

२०८१-०४-१२

  • A
  • A-
  • A+
Share

     दार्चुला:- मिति २०८१।०४।११ गते अं.१७:०० बजे जिल्ला दार्चुला, नौगाड गा.पा.५ स्थित सेलाबगर खोलाको बिचमा अड्किएको अवस्थामा ऐ. वडा नं.-३ खार बस्ने राईमल सिंह बोहराको छोरा बर्ष ३५ को (मानसिक सन्तुलन ठिक नभएको) मनबिर बोहराको लास मृत्त अवस्थामा फेला परेको, इलाका प्रहरी कार्यालत गोकुलेश्वर दार्चुलाबाट प्र.नि. मान सिंह ऐरीको प्रहरी टोलीले मृतक लाशको घटनास्थल कार्य पुरा गरि पोष्ट-मार्टमको  लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएको ।


सम्बन्धित समाचार
भरुवा बन्दुक सहित २ जना मानिस पक्राउ
२०८१-०५-२२

अछाम:- मिति २०८१।०५।२१ गते १५:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय कालेकाँडा, अछामबाट खटि गएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा घर तथा वारिमा खाँनतलासी गर्दा जिल्ला अछाम, पञ्चदेवल बिनायक न.पा.९ ओखरगैरा बस्ने ६८ को नन्दराम साउँदले आफ्नै घर नजिक बारीमा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान -१ , ऐ.को सिसाको गोली थान- १३ वटा र बारुद र सोही ठाउँ बस्ने बर्ष ६७ को चिन कार्कीले आफ्नै घरको सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा  एक नाले भरुवा बन्दुक थान -१ (एक), ऐ. को सिसाको गोली थान- ९ वटा र बारुद सहित फेला पारी उक्त भरुवा बन्दुक, सिसा र बारुद समेत फेला परेकोमा निजहरुलाई बरामद उल्लेखित हातहतियार सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको । 

अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२२

कैलाली:- मिति २०८१।०५।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु गौरीगंगा न.पा. १ चौमाला, भजनी न.पा. ३ ठेकीपुल नजिक र कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ९९,०००।– बराबरको चिनी, लसुन, धोती, साडी, सुटपिस, ग्याँस पाइप, कराई, कचौरा, खेलौना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । कञ्चनपुर:- मिति २०८१।०५।२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० जिमुवा, बेलौरी न.पा.२ बैजुडाडा, ऐ. ६ भुराकोट र ढक्का, ऐ.१० एम्पीघाट र पुनर्वास न.पा.४ “घ” गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,६१,९२०।– बराबरको पेय पदार्थ, बिडी, सुर्ती, सरप, अण्डा, मसला, हार्डवेयका सामान, कस्मेटिक  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।