प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८१-०४-१३

  • A
  • A-
  • A+
Share

      कैलाली :- मिति २०८१।०४।१२ गते जिल्ला कैलाली, कैलारी गा.पा.४ हनुमान मन्दिर, धनगढी उ.म.न.पा-३ केदार टोल,  ऐ. वडा नं.१९ खेदाघाट, ऐ वडा नं. २ ट्राफिक चौराहा, टीकापुर न.पा.१ मनुवाचोकबाट भारतबाट भंसार छली गरि ल्याएको बोइलर कुखुरा, बेलुन, चिनी  डिजे साउण्ड बक्सको स्पिकर, सुट, कुर्ती,  डाल्डा र माछा लगायतका अन्दाजी मुल्य रु. १,११,३००।- बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा आवश्यक कार्वाही भईरहेको ।

      त्यसैगरी गौरीगंगा न पा वडा नं. ०३ कुचैनी स्थित महेन्द्र राजमार्गको उत्तर तर्फको जंगलमा वेवारिसे अवैध रुपमा भंसार छली गरि ल्याएको सामानहरु, फेन्सी तथा काँचो कपडाहरु,धोती, सुट,सानो ठुलो दरी कपडा, सर्ट कपडा, सारि, २X२ कपडा र युनिक पप्लिन कपडा गरि अन्दाजी मुल्य रु. ५,८७,५००/- ( अक्षेरुपी पाँच लाख सतासी हजार पाँच सय )- बराबरको सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय कंचनपुर र इलाका प्रहरी कार्यालय मालाखेती बाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा आवश्यक कारर्वाही भईरहेको ।

      कञ्चनपुर :- मिति २०८१/०४/१२ गतेको  जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ८ पश्चिम टोल, भिमदत्त न.पा.१७ बाँसखेडा र ऐ. वडा नं.-६ ऐठपुरबाट अवैध रुपमा भंसार छली गरि ल्याएको ईलेक्ट्रोनिकका सामानहरु, टेक्टरको पाटपुर्जा, धोती र सुट कपडा गरि अन्दाजी मुल्य  रु.१,१३,०१०।- बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा आवश्यक कार्वाही भईरहेको ।

 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।