अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-१४
- A
- A-
- A+
कैलाली :- मिति २०८१।०४।१३ गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, ऐ. वडा नं.१८ E गाँउ, गोदावरी न.पा.१ महेन्द्रनगर रोड, ऐ. वडा नं.३ मालाखेती चोक, टीकापुर न.पा.-८ कमलगाउ, र भजनी न.पा.५ जुठाघाटबाट जिल्ला प्रहरी कार्यालय धनगढी कैलाली र मातहतका कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरि ल्याएको अन्दाजी मुल्य रु. १,४९,५७४०/- बराबरको चिनि, सेन्डिल, पवन सुर्ति, विडि, साइकलको ब्रेक,मोबाइल खेलौना, चप्पल चप्पल लगायतका सामानहरु वेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा आवश्यक कार्वाही भईरहेको ।
कञ्चनपुर- मिति २०८१।०४।१३ गते पुनर्वास न.पा.११ डोकेबजार र भिमदत्त न.पा.१० गज्जरबाट खटिएको प्रहरी टोलीले भारत बाट नेपाल भन्सार छली गरी ल्याएको अन्दाजी मुल्य रु.७७,०६०/- बराबरको लेडीज सुट, सुपरपावर सुर्ति , ड्रिल काटी, धारामा लगाउने टुटी लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा आवश्यक कार्वाही भईरहेको ।