अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-१५
- A
- A-
- A+
कञ्चनपुर :- मिति २०८१।०४।१४ गते ०९:३० बजे भिमदत्त न.पा.११ चौकीसत्ता, ऐ न.पा.६ ऐठपुर, पुनर्वास न.पा.-६ कान्तीलामा चोक समेतबाट भारतबाट भंसार छली गरि ल्याइको मोजा, अण्डरवेयर,साईकलको ट्युव, ब्रोईलर कुखुरा, बिउ-बिजन, प्लाष्टिक, चिनि, चियापत्ति, बिडि, सलाइ, बिषादी, घासको बिउ, खाने तेल, नमकिन लगायतका अन्दाजी मुल्य रु. ३,५९,४५०।- बराबरको सामानहरु बरामद गरि आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाइएको ।
कैलाली :- मिति २०८१।०४।१४ गते धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, ऐ वडा न.५ एकसिस स्कुल नजिक, ऐ.वडा -१२ बटौरीघाट, गोदावरी न.पा.१ धनगढि रोड स्थित बिधुत कार्यालय नजिक र कैलारी गा.पा. वडा नं.४ हनुमान मन्दिर नजिकबाट भारतबाट भन्सार छली गरि ल्याएको कुर्ता-सुरवाल कपडा, चिनि, प्याज, डिस्पोजेवल गिलास, सलाई, डेरिमिल्क, सेतो पेडा, सुर्ती, कुर्ति, पास्ता, सरप लगायतका अन्दाजी मुल्य रु.२,१३,५९०/- बराबरको मालसामानहरु बेबारिसे अवस्थामा बरामद गरेको, सो सम्बन्धमा आवश्यक कार्वाही भईरहेको ।