प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागु-औषध सहित मानिस पक्राउ

२०८१-०४-१५

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१/०४/१४ गते १५:०० बजे जिल्ला कैलाली, टिकापुर न.पा.वडा नं.९ खग्रौलाबाट जिल्ला कैलाली, टिकापुर न.पा. वडा नं.९ बस्ने वर्ष २२ को दिपेश आउजीलाई कूल शुद्ध तौल २ ग्राम लागु-औषध खैरो-हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

     त्यसैगरी, मिति २०८१।०४।१५ गते बिहान अंदाजी ०२:०० बजे जिल्ला कैलाली, धनगढी उ.म.न.पा. वडा नं.६ चैतन्य पाठशाला नजिकबाट चालक  ऐ. वडा नं.५ बस्ने १८ बर्षिय किशोरले चलाएको सु.प.प्र.०१००९ प ४८० नम्बरको स्कुटीमा सवार ऐ. वडा नं.१ शिवनगर बस्ने बर्ष १९ को योगेन्द्र प्रसाद भट्ट र ऐ.वडा नं. ८ क्याम्पस रोड बस्ने बर्ष ३५ को आयुष सिंह समेतका तिन जनालाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट शुद्ध तौल ६८० मिलिग्राम लागु-औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा बरामद उक्त पदार्थ र स्कुटि सहित निज तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धानको भईरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।