प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०४-१५

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर :- मिति २०८१/०४/१४ गते १५;०० बजे गाली-बेईजती मुद्धामा मिति २०५८।०३।१२ गते सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट रु.१०००/-जरिवाना भई फरार रहेका निम्न  प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि सम्मानित कञ्चनपुर जिल्ला अदालत समक्ष पेश गरेको । 

                                 निम्न:-

१- जिल्ला कञ्चनपुर,लालझाडी गा.पा.वडा नं.२ बस्ने वर्ष ४९ को श्याम बहादुर राना

२- ऐ. ऐ. बस्ने वर्ष ४७ को रोहित सिंह बडायक

३- ऐ.ऐ.बस्ने वर्ष ४५ को रामध्वज बडायक

४- ऐ.ऐ.बस्ने वर्ष ६८ को किशन सिंह बडायक

५-  ऐ.ऐ. बस्ने वर्ष ५८ को लोकेन्द्र सिंह बडायक 

      त्यसैगरि, लागु-औषध (खैरो हिरोइन) मुद्दामा सम्मानित कञ्चनपुर जिल्ला अदालतको मिति २०८०।०२।०५ गतेको फैसलाले १ महिना ४ दिन कैद सजाय तोकिई फरार रहेको प्रतिवादी जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१५ निम्बुखेडा बस्ने बर्ष २८ को जय प्रकाश पाल भन्ने मन्दिप पाललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१/०४/१४ गते २०:०० बजे निजकै घरबाट पक्राउ गरेको, सो सम्बन्धमा आवश्यक कार्वाही भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।