अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।०१५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा नजिक, ऐ. ३ मिलन चोक, टीकापुर न.पा.८ पुरानो भन्सार स्थित भित्री सडक खण्ड र ऐ. ९ पुरानो भन्सार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,०८,६४०।– बराबरको प्याज, चिनी, पास्ता, सरफ, साबुन, खानेतेल, नमकिन, सुटपिस, साडी, जिन्स पाइन्ट, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।१५ गते ०६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ पौलाहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८६,०००।– बराबरको बिडी, सुर्ती, पेय पदार्थ, मोटरसाइकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।