अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-१८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०४।०१७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० बिद्युत कार्यालय नजिक, बेदकोट न.पा. ७ लालपुर र पुनर्वास न.पा.११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९५,६५०।– बराबरको चिनी, मिश्री, दाल, खाने तेल, सरफ, हाडवेयरका सामान, सुटपिस, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।