अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।०१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा, STS सिनेमा हल नजिक, दिप टोल, ऐ. ३ मिलन चोक, बिद्युत कार्यालय नजिक, सहिदगेट, ऐ. १५ उर्मी, टीकापुर न.पा.९ बालुवाटार, भजनी न.पा. ३ कुसमघाट, ऐ. ५ लालबोझी, कैलारी गा.पा.४ भितरीया र जोशीपुर गा.पा.४ झबहीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,८९,५८८।– बराबरको प्याज, चिनी, दाल, खुर्सानी, सुर्ती, कुर्ती, सुटपिस, गाउन, सेण्डो, कट्टु, जुत्ता, कस्मेटिक सामान, औषधी, राखि डोरी, राखि प्याकिङ गर्ने डिब्बा, राखि पेपर, प्लाष्टिक डोरी, माछा, बोईलर कुखुरा, मोटरसाईकल थान-१ लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।१८ गते जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ गुम्बा र डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६३,२००।– बराबरको राखि डोरी, राखि प्याकिङ गर्ने डिब्बा, राखि पेपर, सुटपिस, कुर्ती लगायतका सामानहरु इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।