अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।०१९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ फिसरिसोट, ऐ. १० जुगेडा, ऐ.१३ राजपुर चोक, टीकापुर न.पा. ७ खैरिपुर स्थित भित्री सडक खण्ड, भजनी न.पा. ३ कुसमघाट र ऐ. ८ नवलपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२७,५२२।– बराबरको प्याज, चिनी, पास्ता, खाने तेल, खुर्सानी, नरिवल, सुर्ती, मिठाई, चक्लेट, धागो, किसमिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।०१९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ११ चौकीसत्ता र लालझाडी गा.पा.६ ढक्का चान्देवबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९१,५४०।– बराबरको चिनी, मल, बिडी, सुर्ती, बेसन, कस्मेटिकका सामान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।