अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ४ शहिद गेट, ऐ.९ बाङग्रा कटान, ऐ.१८ आदर्श चोक नजिक, टीकापुर न.पा.४ अस्नेरी स्थित भित्री सडक खण्ड, र ऐ. ८ कमलगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२०,२००।– बराबरको प्याज, चिनी, खाने तेल, कुर्ती, सारी, पापड, खुर्सानी, बोईलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।०२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु पुनर्वास न.पा. ४ “घ” गाँउ र कारकिलडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५५,८००।– बराबरको सुर्ती, बिडी, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।