प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस पक्राउ

२०८१-०४-२१

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८१।०४।२० गते १४:०० बजेको समयमा नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १ भाँसी प्रगती टोलबाट सोही ठाउँ बस्ने बर्ष  ४४ को सुवास बिष्ट र ऐ. बेदकोट न.पा.८ बस्ने बर्ष २० को हर्केस धानुकलाई पैदल हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ३९०  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

    यसैगरी,  मिति २०८१।०४।२० गते २०:३० बजेको समयमा नेपाल प्रदेश प्रहरी कार्यालय महेनद्रनगर, लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १ बाराकुण्डाबाट गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने बर्ष  २२ को हरिष भण्डारीको घर कोठामा खानतलासी गर्दा लुकाई छुपाई राखेको अवस्थामा १४०  मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारि आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिईएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।