प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०४-२२

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०४।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा, टीकापुर न.पा.९ ठोसे बजार स्थित भित्री सडक खण्ड, जोशीपुर गा.पा.३ लक्कड र कैलारी गा.पा.४ “के” गाँउको जङ्गलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३८,०७०।– बराबरको चिनी, बिडी, सुर्ती, गुट्खा, बदाम, किसमिस, सिद्रा माछा, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको । 

    कञ्चनपुर:- मिति २०८१।०४।०२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बजे भिमदत्त न.पा. ५ विश्वकर्मा मन्दिर नजिक, ऐ.९ जिरो प्वाईन्ट र ऐ. १० बिद्युत कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४५,३८०।– बराबरको चिनि, दाल, चना, खाने तेल, सरफ, गुड, बेसन, चकलेट, खुर्सानी, साडी, धोती, सुट पिस, सुटको थान कपडा, कुर्ती, आईरन, हाडवेयरका सामान, किरानाका सामान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको । 

   डडेल्धुरा:- मिति २०८१।०४।२१ गते १०:४० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.५ बहादुरे खोला नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको MRF नामक २ वटा टायर प्रहरी चौकी शिर्ष, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।