अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु टिकापुर न.पा.९ खैरीपुर,भजनी न.पा.५ लालबोझी, कैलारी गा.पा.५ पबेरा र ऐ. ७ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२३,७२०।– बराबरको प्याज, चिनी, दाल, केराउ, खाने तेल, सुर्ती, चप्पल, पानीपुरी, सिलिङ पंखाको ब्याट्री, औषधि, खुर्सानी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।