अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।२३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा, ऐ. ३ मिलन चोक, ऐ. ४ बसपार्क, टीकापुर न.पा. ७ दाराबोजी र ऐ.९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६२,४२०।– बराबरको केराउ, खाने तेल, पास्ता, साडी, सुटपिस, मोबाइल डिसप्ले, चार्जर, राखी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।२३ गते ०९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१२ भाईरलरोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७४,१००।– बराबरको कुर्ती, धोती, बटन स्विच, मोटरसाइकलको ट्युव, कस्मेटिक सामान, किरानाका सामान लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।