अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा र दिप टोल र गोदावरी न.पा.५ गेटाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७६,३९०।– बराबरको चिनी, गुड, बिडी, सुर्ती, सुपारी, राखी, सुटपिस, सुरवाल, चप्पल, मसला, पास्ता, खुर्सानी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।०२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बजे भिमदत्त न.पा. ९ मिलनचोक र पुनर्वास न.पा.११ गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६३,९००।– बराबरको चिनी, गाडीमा प्रयोग हुने हाइड्रोलिक हेड, एलिभेट, नोजल, डेलिवरी भल्ब, हलोबोल्ट, भेल्युरिगिन, कोलोज, कन्ट्रोल भल्व, फ्युल पम्प, सर्बिस पाट्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।