अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।२५ गते कैलाली जिल्लाको बिभिन्न भजनी न.पा.३ कर्मदेबघाट र कैलारी गा.पा.४ हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४१,६५०।– बराबरको चिनी, सुर्ती, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।२५ गते ०५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६९,४००।– बराबरको चिनी, बिडी, सुर्ती लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।