भरूवा बन्दुक बरामद
२०८१-०४-२७
- A
- A-
- A+
धनगढी उपमहानगरपालिका-१८ तुल्सीबारीबाट भरूवा बन्दुक १ थान शनिबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बहुलिया फुलबारीबाट खटिएको प्रहरीले तुल्सीबारीबाट सुकेको खर बोकि पूर्व तर्फ जाँदै गरेको साईकललाई रोक्न खोज्दा साईकलयात्री फरार भएपश्चात साइकल जाँच गर्ने क्रममा प्रहरीले उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।