अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-३२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।३१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ चक्मेली पुल र ऐ.३ चटकपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५२,२००।– बराबरको प्याज, चिनी, साडी, फ्रक, कुर्ती, व्लाउज, इलाष्टिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०४।३१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भासी, ऐ.१७ बडुवाल टोल, दोधारा चाँदनी न.पा.१ फोरलेन पुल नजिक र पुनर्वास न.पा.११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७६,२००।– बराबरको हेयर क्रिम, कस्मेटिक सामान, सुटपिस, थान कपडा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।