प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाइते

२०८१-०४-३२

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०४।३१ गते २०:५० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा.५ बैजपुर नजिक हुलाकी सडक खण्डमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलले ऐ.२ बस्ने पैदल यात्री बर्ष ५५ की पार्वती चौधरीलाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि निसर्ग अस्पताल धनगढी कैलाली लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, मोटरसाइकल चालक  ऐ.७ बस्ने बर्ष ४० को हरी प्रसाद चौधरीको निसर्ग अस्पताल धनगढीमै उपचार भईरहेको, मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।