अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।३२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ माछा पोखरी नजिक,ऐ. १२ बिरेघाट, भजनी न.पा.५ कव्वाखेडा, ऐ. ७ हलौनाघाट र जोशीपुर गा.पा. ४ बाँणीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,२५,५९०।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, सुटपिस, धोती, गम्छा, सेतो कपडा, मसाला, मोबाईल चार्जर, स्मार्ट वाच, ईयर फोन, आलु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।