अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।०२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. बोराडाडी चोक, ऐ. ३ बडरा, ऐ. ९ त्रिवेणीघाट, ऐ. १५ उर्मी, टीकापुर न.पा.८ बटनपुर र भजनी न.पा.५ कुटीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,७३,७१५।– बराबरको प्याज, चिनी, पास्ता, नरिवल, नमकिन, काजु, चक्लेट, केक प्राइमिक्स, फोनट पाउडर, मल, बिषादी र बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।०२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. २ भाँसी, ऐ. ५ सुकासाल, ऐ. १० जिमुवा, चौकीसत्ता र शुक्लाफाटा न.पा.११ कलुवापुर बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,७६,४७९।– बराबरको चिनी, मटर, दाल, अजिना, खाने तेल, पोटास, थान कपडा, सारी, कोरा कपडा, बच्चाको चप्पल, साईकलको ट्युव, कस्मेटिकका सामान, किरानाका सामान, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।