प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१-०५-०३

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८१।०५।०२ गते २२:४५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.४ भालुफाटा स्थित पुर्व पश्चिम राजमार्गमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको सु.प.प्र.०१-०११ प ७४६९ नम्बरको मोटरसाइकल र सोहि दिशा तर्फ जादै गरेको से ७ प ७६०१ नम्बरको मोटरसाईकलले पैदल यात्री नाम थर, वतन खुल्न नआएको बर्ष अन्दाजी ५० को पुरुष ब्यक्तीलाई ठक्कर दिदा गम्भिर घाईते भएकोमा उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा २०८१।०५।०३ गते ००:३० बजेको समयमा  मृत्यु भएको, सु.प.प्र.०१०११ प ७४६९ नम्बरको मोटरसाईकल चालक गौरीगंगा न.पा.५ बस्ने बर्ष २० को रमेश जैगडी, से ७ प ७६०१ नम्बरको  मोटरसाईकल चालक ऐ. ९ बस्ने बर्ष १९ को सागर बि.क., मोटरसाईकलहरुमा पछाडी सवार ऐ. ९ बस्ने बर्ष १४ की आचल बि.क र बर्ष १४ की माया घोडशाही समेत चार जनाको घोडाघोडी अस्पताल सुखड कैलालीमा उपचार भईरहेको, मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको, सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अबस्थामा २६ जना पक्राउ
२०८१-०७-१४

     कैलाली:- मिति २०८१।०७।१४ गते ०१:२० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ८ हरीनगर बस्ने प्रदिप भुलको घरबाट जुवातास खेलिरहेको अवस्थामा निज प्रदिप भुल सहित ९ (नौ) जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु. ६१,२३०।-, २ गड्डी तास र बा.प्र.०२-०४१ प १८५४ नम्बरको स्कुटी सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।         कञ्चनपुर :- मिति २०८१।०७।१४ गते ००:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ बनगाँउ स्थित बर्ष ३२ को भिम घटालको घरबाट जुवातास खेलिरहेको अवस्थामा निज भिम घटाल सहित १२ (बाह्र) जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. ८२,३२२।- र ६ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।          बझाङ :- मिति २०८१।०७।१४ गते ०२:४० बजेको समयमा जिल्ला बझाङ, जयपृथ्वी न.पा.९ सिमखेत बस्ने बर्ष ६५ को बजुर खड्काको कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा निज बजुर खड्कासहित ५ (पाँच) जनालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले नगद रु. ६६,१३०।- र २ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।     

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०७-१४

      कैलाली:-  मिति २०८१।०७।१३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, भजनी न.पा.३ कनैयापुर, ऐ. ९ सयपत्रि सामुदायीक बन, टीकापुर न.पा. ८ झुङा र ऐ. ९ वालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४०,१००।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, तामाका गाग्री, पटाका, माटोको दियो, साइकल थान-४, मोटरसाईकल थान-१  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:-  मिति २०८१।०७।१३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १७ बडवाल चोक, दोधारा चाँदनी न.पा.१० कुतियाकभर स्थित पुल र  पुनर्वास न.पा.११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७२,७०५।– बराबरको चिनी, खानेतेल, प्लाष्टिकको कुर्सि,  दिपावलीका बिभिन्न किसिमका पोष्टरहरु, पटाका, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१४

      कञ्चनपुर:- मिति २०८१।०७।१३ गते २०:३० बजेको समयमा गोप्य सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय त्रिभूवनबस्ती, लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट IBRD, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिल्ला कञ्चनपुर, पुर्नवास न.पा.३ IBRD बजारबाट जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ हसनपुर बस्ने वर्ष ३१ को अमित कुमार वर्णवारको साथबाट ११८ ग्राम ३६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज, उक्त पदार्थ र निजको साथमा रहेकी जिल्ला कञ्चनपुर, बेलौरी न.पा.२ टेडुवा बस्ने वर्ष ४० की सिता देवी चौधरीलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     कैलाली:- मिति २०८१।०७।१३ गते १८:०५ बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, जानकी गा.पा.७ मोतिनगर स्थित सडक छेउमा भत्केको पुरानो घरको कोठा भित्र सामुहिक रुपमा लागु औषध गाँजा सेवन गरिरहेको अवस्थामा जिल्ला कैलाली, जानकी गा.पा.७ बस्ने बर्ष २२ को बिक्रम विश्‍वकर्मा, बर्ष १९ को प्रविन सिंह, बर्ष २१ को बिरेन्द्र बि.क., बर्ष २१ को रिजन विश्‍वकर्मा, बर्ष २२ को राहुल बि.क. ऐ. बर्दगोरिया गा.पा.४ बौनिया बस्ने बर्ष १९ को हेमन्त तिरुवा, बर्ष २६ को तेजश विश्‍वकर्मा र बर्ष २५ को बिर्जु विश्‍वकर्माको  साथबाट ८० ग्राम लागु औषध गाँजा जस्तो देखिने धुलो र पातबाट बनेको ४ (चार) वटा सुल्पा सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।