अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।०३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा, ऐ. ३ मिलनचोक, ऐ. ८ प्रगतीटोल र टिकापुर न.पा.८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,७८,२५०।– बराबरको प्याज, चिनी, ब्लाउज, कुर्ती, सुटपिस, साडी, मोबाइल टच, टच चिप्काउने ट्युव, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।०३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.४ रिछा र पुनर्वास न.पा.११ डोकेबजार बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६२,३००।– बराबरको सुटपिस, साडी, धोती, माछा, साईकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
दार्चुला:- मिति २०८१।०५।०३ गते १०:०० बजेको समयमा जिल्ला दार्चुला, महाकाली न.पा.८ जामिरपानीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४०,४००।– बराबरको सुटपिस, कुर्ती, मेक्सी लगायतका सामानहरु प्रहरी चौकी धाप, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।