प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाईते

२०८१-०५-०४

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०५।०३ गते १७:४० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ५ गेटा मेडिकल कलेज नजिक धनगढी-अत्तरिया सडक खण्डमा अत्तरियाबाट धनगढी तर्फ जादै गरेको म १ ज १६१ नम्बरको म्याजिकले बिपरित दिशाबाट आउदै गरेको से ६ प ८४२३  नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ०२ बाणी बस्ने बर्ष  ४१ को बिश्राम चौधरी गम्भिर घाईते भई उपचारको क्रममा ऐ. १८:३५ बजेको समयमा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको, दुर्घटनामा घाईते भएका सोही मोटरसाइकल पछाडी सवार धनगढी उ.म.न.पा.०२ मिलन चोक बस्ने बर्ष ३९ को राम प्रसाद चौधरीको  सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भईरहेको, उक्त म्याजिकमा सवार चालक सहित ८ जना मध्ये ५ जना सकुशल आफ्नो गन्तब्य तर्फ गईसकेका र जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ०६ बस्ने बर्ष ९ की अबिषा श्रेष्ठ र बर्ष ५ को आयन श्रेष्ठको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको, उक्त म्याजिक र म्याजिक चालक जिल्ला कैलाली, गोदावरी न.पा. १ अत्तरिया बस्ने बर्ष २७ को प्रकाश बोहरालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।  


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।