प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी नायव उपरीक्षकहरुको बिदाई, फेरी भेटौला तथा स्वागत कार्यक्रम सम्पन्न ।

२०८१-०५-०४

  • A
  • A-
  • A+
Share

धनगढी, ०४ भदौ

        आज मिति २०८१।०५।०४ गतेका दिन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी. ज्यूको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमका बिच प्रहरी नायव उपरीक्षक कलेन्द्र बिक्रम शाहीको बिदाई, प्राबिधिक प्रहरी नायव उपरीक्षक डा. नविन लागेजुको फेरी भेटौला र प्राबिधिक प्रहरी उपरीक्षक डा. शोभा वाग्लेको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

        नेपाल प्रहरी संगठनमा २९ बर्ष ५ महिना ३ दिन सम्म सेवा गरि उमेर हदका कारण अनिवार्य अवकास जानु भएका प्रहरी नायव उपरीक्षक कलेन्द्र बिक्रम शाहीको बिदाई कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.ज्यूले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा अनुशासित र निष्ठावान रहि आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरि संगठनमा पुर्‍याउनु भएको योगदानको उच्च कदर स्वरुप हार्दिक बधाई दिदै मायाको चिनो समेत प्रदान गर्नुभयो । साथै  नागरिक जीवनमा पनि समाजमा शान्ति-सुरक्षा र अमन चयन कायम गर्न वर्दी विनाको प्रहरीको रुपमा भुमिका निर्वाह गर्न आग्रह गर्नु हुँदै आगामी दिनहरुमा पनि उहाँको जीवन सुखमय र समृद्ध हुन सकोस भनि शुभकामना दिनुभयो ।

कार्यक्रममा अवकाश जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक कलेन्द्र बिक्रम शाहीले आफुले सशस्त्र द्वन्द देखि बिभिन्न राजनितिक परिवर्तनहरुमा राष्ट्र र संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म निष्ठापुर्वक सम्पन्न गरेको र प्रहरी सेवामा रहँदा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा संगठनका अग्रजहरु तथा परिवारजनबाट समेत साथ, सहयोग र शुभेच्छा प्राप्त भएको भनि आफ्नो मन्तव्य राख्नु भएको थियो । साथै उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलबाट नेपाल प्रहरी अस्पताल महाराजगंज, काठमाण्डौ काज सरुवा भई जानु भएका डा. नविन लागेजुले यस सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालको प्रमुखको रुपमा करिव १ बर्ष कार्यरत रहँदा संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म इमान्दारी पुर्वक निर्वाह गरेको र सो क्रममा यस सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्राप्त भएको सहयोग, सुझाव, सल्लाह र सद्धभावपुर्ण निर्देशनको लागि आभार प्रकट गर्नु भयो ।

        उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक ज्यूहरु दिल्लीराज विष्ट र श्याम कृष्ण अधिकारी सहित सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

 कैलाली:-  मिति २०८२।०३।१६ गते १७:५५ बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखड स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट  जिल्ला हुम्ला, सर्केगाड गा.पा.५ बस्ने बर्ष ३२ को लोकेन्द्र बहादुर शाही,  बर्ष २७ को सालु शाही र सोही केसमा संलग्न ऐ. भजनिरोड स्थित सिटिजन बैङ्क नजिकबाट जिल्ला रोल्पा, सुनछहरी गा.पा.३ बस्ने बर्ष ३२ की पुर्णिमा पुन मगरलाई गोप्य सुचनाको आधारमा २ किलो ७ सय १४ ग्राम अफिम जस्तो देखिने  अर्ध तरल पदार्थ फेलापारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यलय सुखड, कैलाली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

फरार प्रतिबादी पक्राउ
२०८२-०३-१६

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष २७ को रबिन चौधरीलाई जिल्ला कैलाली, गोदावरी न.पा.३ चौकीडाडाबाट पक्राउ गरेको ।  २. चोरी मुद्दामा १ महिना १७ दिन कैद सजाय र रु. १०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.११ जबलपुर बस्ने बर्ष ३८ को बिजय कठरियालाई निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१६

      कैलाली:- मिति २०८२।०३।१५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.९ बालुवाटार स्थित सडक खण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,३००।– बराबरको डोर म्याट, म्याट, उनि म्याट लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।         कञ्चनपुर:- मिति २०८२।०३।१५ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ५ शुकासालबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,००,५००।- बराबरको खाद्यान्न, कस्मेटिक, किराना लगायतका सामानहरु अस्थायी प्रहरी विट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।