अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ बालुवाघाट र टिकापुर न.पा.८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५८,६८०।– बराबरको चिनी, साबुन, बच्चाको खेलौना, खाने तेल, सुटपिस, धोती, ब्लाउज, कुर्ती, साडी, दोपट्टा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।०४ गते १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ६ ऐठपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ४,०६,२८५।– बराबरको सुटपिस, थान कपडा, बच्चाको खेलौना, कस्मेटिकका सामान, चियापत्ति, साबुन, खाने तेल, खुर्सानी, मसला लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।