अबैध भन्सार छलिका सामान बरामद ।
२०८१-०५-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।०६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा र आदर्श टोल , ऐ. ४ बसपार्क नजिक, गोदावरी न.पा.३ चुटकि बजार र मालाखेतीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,३०,२८९।– बराबरको प्याज, चिनी, सरप, जिरा, बिस्कुट, चक्लेट, नरिवल, कुर्ती, धोती, साडी, लेहंगा, खुद्रा सामान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।०६ गते ११:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,०६,८००।– बराबरको जुत्ता, चप्पल, जुत्ती, धोती, कुर्ती, सुट, थान कपडा, डोपट्टा, चुडी, फलामको जक्सन, साईकलको सामान, किरानाको सामान, हार्डबेयरको सामान लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाईएको ।
डडेल्धुरा:- मिति २०८१।०५।०६ गते ०६:३० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.५ घट्टे पलाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३६,४७०।– बराबरको जिरा, बिडी, सुपारी लगायतका सामानहरु प्रहरी चौकी शिर्ष, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
दार्चुला:- मिति २०८१।०५।०६ गते ०६:०० बजेको समयमा जिल्ला दार्चुला, शैल्यशिखर न.पा.९ गोकुलेश्वर बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १३,७००।– बराबरको चिनी, चामल, पास्ता लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।