फरार प्रतिवादी पक्राउ ।
२०८१-०५-०७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०५।०६ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा २ महिना २८ दिन कैद सजाय तोकिएकी धनगढी उ.म.न.पा. ७ बस्ने अनुष्का सिह ।
२. बन मुद्दामा रु. ८,१२५।- जरिवाना तोकिएको जानकी गा.पा. ८ बस्ने लाल बहादुर चौधरी ।
३. बन मुद्दामा रु. ५९,१३६।- जरिवाना तोकिएको टिकापुर न.पा. ९ बस्ने नमराज बुढा ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कञ्चनपुर जिल्ला अदालतको मिति २०८१।०२।२५ गतेको फैसलाले चोरी मुद्दामा २ बर्ष कैद सजाय र रू. २०,०००।- जरीवाना तोकिएको भिमदत्त न.पा. १० बस्ने बर्ष ५० को दौलत राम महरलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।०६ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।