फरार प्रतिवादी पक्राउ
२०८१-०५-०८
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०५।०७ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले
पक्राउ गरेको ।
1. लागू औषध मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको गोदावरी न.पा.२ बस्ने बर्ष १९ को रियाज मगर ।
2. चेक अनादर मुद्दामा रु.१,००० जरिवाना तोकिएकी धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ४८ की सरस्वती खड्का ।
3. चेक अनादर मुद्दामा रु.१,००० जरिवाना तोकिएको गोदावरी न.पा.१ बस्ने बर्ष ४८ को गंगाराम चौधरी ।