प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०५-१०

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०५।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा र मिलनचोक, ऐ. ५ हंसनपुर, ऐ. ७ मनहेरा, ऐ. १० घुइयाघाट, ऐ. १५ उर्मी, गौरीगंगा न.पा. ४ राजीपुर, भजनी न.पा.८ कृष्णनगर, ऐ.९ पहलवान भुरुवा, जोशीपुर गा.पा.३ लक्कड र कैलारी गा.पा.५ पवेराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ६,३६,४४०।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, पानीपुरी, चक्लेट, भेष्ट, कट्टु, पेन्टि, ब्रा, फिल्टर, इलाष्टिक हक, भोल्टेज रेगुलेटर, ओइल फिल्टर प्लग, प्युल फिल्टर, स्टेरिङ कोन, पिटि क्याप विथ कि, स्विच, ताला, मोटर, झ्याल ढोकामा लगाउने GI जाली लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    दार्चुला:- मिति २०८१।०५।०९ गते २१:०० बजेको समयमा जिल्ला दार्चुला, शैल्यशिखर न.पा.९ गोकुलेश्वर बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३१,०००।– बराबरको बिडी इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।