अबैध भन्सार छलिका सामान बरामद ।
२०८१-०५-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।१० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ त्रीवेणीघाट, भजनी न.पा.३ बर्दवाफाँटा, ऐ. ६ नवलपुर, टीकापुर न.पा.१ ब्लक नं.१२ नजिक, ऐ. ८ पायलगाउ, जोशीपुर गा.पा.३ लक्कड, जोशीपुर गा.पा.३ लक्कड र जानकी गा.पा.४ झबैपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ७,१५,०६०।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, लसुन, साडी, सुपिस, कुर्ती, मोवाइल चार्जर, एयरफोन, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति
२०८१।०५।१० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ सुकासाल,
ऐ. ९ मटेना र ऐ. ११ भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट
भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,१६,६००।– बराबरको चिनी, खाने तेल,
पेय पदार्थ, दाल, बेसन,
सुर्ती, सरप, जिरा,
खेलौना, साडी, फोटो
फिरेम, फोटो पेपर, गुलाव जामुन, साईकलका सामान, किराना सामान, हार्डवेयरका सामान, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय
कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको ।