प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

क्रेनको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१-०५-११

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०५।१० गते २०:३० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.४ बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्र-२-०३-००१ क २०२७  नम्बरको क्रेनले सोही ठाउँ बस्ने पैदलयात्री बर्ष ४२ को किरण प्रसाद शर्मालाई पछाडिबाट ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि लालरत्न अस्पताल लम्कीमा उपचार हुन नसकी थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरेकोमा लैजाने क्रममा ऐ. २३:०० बजे बाटोमै मृत्यु भएको, क्रेन र क्रेन चालक धनगढी उ.म.न.पा. १९ बस्ने वर्ष २५ को सुरज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।