अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ फनपार्क नजिक, ऐ.१३ मोहनपुर, गोदावरी न.पा.५ गेटा र भजनी न.पा. ७ कव्वाखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५५,४२०।– बराबरको चिनी, बिडी, सुर्ती, सुटपिस, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।११ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१ ढक्काबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,०७,२००।– बराबरको पेय पदार्थ र मोटरसाइकल थान-१ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।