अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।१५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ बिशालनगर, ऐ. ४ बसपार्क, ऐ. ९ त्रीवेणीघाट र टिकापुर न.पा.८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार
छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,००,४१०।– बराबरको प्याज, चिनी, मिश्री, नरिवल, सरप, मिठाई, पानीपुरी, मसला, सुर्ती, टाई, नटबोल्ड, खेलौना,
भाडकुडा, प्लाष्टिक टोकरी लगायतका
सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी
टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।१५ गते ०५:३० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु. ७१,०४०।– बराबरको
सुपारी, कपुर, भगवानको फोटो, रुमाल लगायतका सामानहरु प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको ।
बैतडी:- मिति २०८१।०५।१५ गते
१९:०० बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.१० अदरपिण्डबाट
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३१,८०६।– बराबरको चिनी, मिश्री, दाल, बिडी,
सुर्ती, मसला, चियापत्ति लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा
लिएको ।