सवारी दुर्घटनामा मृत्यु
२०८१-०५-१६
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०५।१६ गते ०१:१० बजेको समयमा जिल्ला कैलाली, गोदावरी
न.पा. ०१ धनगढी रोड पाठक पेट्रोल पम्प नजिक धनगढी-अत्तरिया सडक खण्डमा धनगढीबाट
अत्तरिया तर्फ आउदै गरेको ना ४ ख ९६३ नम्बरको ट्रक सडकको छेउमा रोकि राखेको
अवस्थामा सोहि दिशा तर्फ आउदै गरेको से ५
प ५८२७ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठोक्किन गई मोटरसाइकल चालक धनगढी उ.म.न.पा. ०२
बस्ने बर्ष २९ को कैलाश थापा गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशीक अस्पताल
धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको, मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २५ को भुपेश पालको पदमा
अस्पताल अत्तरिया उपचार भईरहेको, ट्रक र ट्रक चालक जिल्ला
बझाङ, बित्थडचिर गा.पा. ०२ बस्ने बर्ष २४ को भरत बोहरालाई प्रहरीले नियन्त्रणमा
लिई आवश्यक अनुसन्धान गरिरहेको ।