प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित मानिस नियन्त्रणमा

२०८१-०५-१७

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०५।१६ गते २३:०० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. ५ गेटा बिस्कुट फ्याक्ट्री नजिकबाट ऐ. १३ राजपुर बस्ने बर्ष २१ को बिरेन्द्र रानालाई हिडिरहेको अवस्थामा संका लागी चेकजाँच गर्दा निजको साथबाट कटुवा पेस्तोल थान-१ फेला पारि आवश्यक प्रक्रिया पुरा गरि उक्त पेस्तोल र निजलाई पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-३१

     कैलाली:- मिति २०८१।०५।३० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२, ऐ. १३ भगवती टोल, ऐ. १९ लल्लीपुर र कैलारी गा.पा. ३ हनुमान मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,९९,४७०।– बराबरको मोबाइल स्क्रिन गार्ड, मोबाइल कभर, बिडी, सुर्ती, मसला, पापड, बोइलर कुखुरा लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट संयुक्त खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   कञ्चनपुर:- मिति २०८१।०५।३० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १७ मझ्गाँउ बाँसखेडा चोक र बेलौरी न.पा. ४ शान्तिपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३९,१५०।– बराबरको प्याज, चिनी, गुड, सुर्ती, बिडी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

अबैध लागू औषध सहित मानिस पक्राउ
२०८१-०५-३०

     कैलाली:- मिति २०८१।०५।२९ गते १७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ मिलनचोकबाट जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बस्ने बर्ष ३२ को तेज भटराई, बर्ष २७ को अमन बोहरा र बर्ष ३० को प्रमोद खड्कालाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     यसैगरी, मिति २०८१।०५।२९ गते १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ त्रिनगर चेक पोष्टबाट ऐ.८ क्याम्पस चोक बस्ने बर्ष २१ को सुवास थापालाई शंका लागि चेकजाँच गर्दा २८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      यसैगरी, मिति २०८१।०५।२९ गते १४:३० बजेको समयमा इलाका प्रहरी कार्यालय सुखड र बौनियाँ, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, बर्दागोरिया गा.पा. १ मुडाबजारबाट सोही ठाउँ बस्ने बर्ष २७ राजन वादीलाई शंका लागि चेकजाँच गर्दा ७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो  देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको 

फरार प्रतिवादी पक्राउ
२०८१-०५-२९

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०५।२८ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१.       चोरी मुद्दामा १७ दिन कैद सजाय र  रू १,०००।- जरिवाना तोकिएको गोदावरी न.पा. ४ बस्ने बर्ष २३ को सन्तोष साहनी ।२.      लागू औषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जोशीपुर गा.पा. १ बस्ने बर्ष ३५ को रबिन शाह । ३.      लागू औषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जोशीपुर गा.पा. ३ बस्ने बर्ष २४ को छत्रराज पाठक ।    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कञ्चनपुर जिल्ला अदालतको मिति २०८०।०८।१९ गतेको फैसलाले चोरी मुद्दामा ६ महिना कैद सजाय र रू. १०,०००।- जरीवाना तोकिएको भिमदत्त न.पा. ९ ब्रहमदेब बस्ने १८ बर्षिय किशोरलाई इलाका प्रहरी कार्यालय ब्रह्मदेब, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।२८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।