प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८१-०५-१८

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०८१।०५।१७ गते ११:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा १३ स्थित धनगढी बिमानस्थलको दक्षिण तर्फ रहेको यात्रु प्रवेश द्वारबाट अन्दाजी मूल्य रु.८,४०,०००।बराबरको कुरियर गरी काठमाण्डौँ पठाउन कार्टुनमा प्याक गरी ल्याएका एप्पल (Apple) कम्पनीका २१ वटा सेकेन्ड हेन्ड I phone मोबाईल सहित घोडाघोडी न.पा.१ सुख्खड बस्ने बर्ष २७ को राजु चौधरीलाई विमानस्थल सुरक्षा गार्ड गेटा, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त मोवाइल र मानिस समेत नियन्त्रणमा लिएको, मोवाइल र मानिसलाई आवश्यक कारबाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको । 

कैलाली:- मिति २०८१।०५।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ...पा. मिलनचोक, ऐ. ट्राफिक चौराहागोदाबरी न.पा.५ गेटा र कैलारी गा.पा.८ लोहरपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,२३,६२०।– बराबरको साडी, सुटपिस, कुर्ती, धोती, मोटरसाइकलको सकर, डाटा केवल, मोवायल डिस्प्ले लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

कञ्चनपुर:- मिति २०८१।०५।१७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ बसपार्क नजिक, ऐ.१० गज्जर, ऐ. ११ भन्सार कार्यालय नजिक र ऐ. १७ मझगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५,३६,३१५।– बराबरको चिनी, गुड, मिश्री, बिडी, खानेतेल, पेय पदार्थ, नमकिन, सुर्ती,  दाल, किरानाका सामान, कस्मेटिक सामान, बच्चाका खेलौना, चप्पल, थान कपडा, कुर्ता सुरवाल, गञ्जी,  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।