प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर मृत्यु

२०८१-०५-१८

  • A
  • A-
  • A+
Share

    बैतडी:- मिति २०८१।०५।१७ गते १६:३० बजेको समयमा जिल्ला बैतडीपाटन न.पा.६ डुङग्रा बस्ने बर्ष ५७ की जानकी लुहार आफ्नै घर नजिक बिद्युतको पोलबाट मिटर बक्समा ल्याएको तार खुल्ला भई करेन्ट प्रभाव भएको ग्याबिङ जालीमा कपडा सुकाउने क्रममा करेन्ट लागी गम्भिर घाइते भई उपचारको लागि स्थानिय मेडिकल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको, साथै निजलाई लागेको करेन्ट छुटाउने क्रममा सोही ठाउँ बस्ने बर्ष ३८ की कलावती ओड, बर्ष १२ की पबित्रा ओड, बर्ष १० की भवनेश्वरी ओड र बर्ष २२ की सिता लुहारलाई समान्य करेन्टको झड्का लागेको र अवस्था सामान्य रहेको   । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।