अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।१८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.
३ ट्राफिक चौराहा र राजघाट, ऐ. ९ बङ्ग्राकटान, भजनी न.पा.१ ठेगरपुर, ऐ. ३ ढुसी र ठेकीपुल, ऐ. ५ लालबोज र टीकापुर न.पा.९
बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५,८९,३६०।– बराबरको प्याज,
चिनी, दाल, मिठाई,
आलु, सुर्ती, बिडी,
जुत्ता, चप्पल, ग्याँस
पाईप, बिजुलीको सामान, पानि तान्ने
मोटर, मोटरसाइकलका पार्टपुर्जा लगायतका सामानहरु सुदूरपश्चिम
प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय
कैलाली तथा मातहत कार्यालयबाट संयुक्त खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा
फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:-
मिति २०८१।०५।१८ गते १०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१ फटैयाबाट अबैंध
रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५४,३८०।–
बराबरको पेय पदार्थ, ट्याक्टरका पाटपुर्जा,
स्कुटरको ब्याट्री, पेन्ट लगायतका सामानहरु
प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले
वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।