अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०५-२१
- A
- A-
- A+
बैतडी:-
मिति २०८१।०५।२० गते २१:३० बजेको समयमा जिल्ला बैतडी, मेलौली न.पा.७ काँडा बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.१,४४,०००।– बराबरको १६०० केजी (३२ बोरा प्रति बोरा ५० केजीका दरले) चिनी सहित ऐ.
पञ्चेश्वर गा.पा.३ बस्ने बर्ष ४८ को दामोदर कलौनीले चलाएको सुप.प्र ०१-००१ ख ३५१०
नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय तस्वदेही, बैतडीबाट
खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा फेला पारी आवश्यक प्रकृया पुरा गरि उक्त
ट्रक, चिनी र ट्रक चालक समेतलाई नियन्त्रणमा लिएको ।