अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।२१ गते कैलाली जिल्लाको
बिभिन्न स्थानहरु गौरीगंगा न.पा. १ चौमाला, भजनी न.पा.
३ ठेकीपुल नजिक र कनैयापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु. ९९,०००।– बराबरको चिनी,
लसुन, धोती, साडी,
सुटपिस, ग्याँस पाइप, कराई,
कचौरा, खेलौना लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।२१ गते कञ्चनपुर जिल्लाको
बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० जिमुवा, बेलौरी न.पा.२
बैजुडाडा, ऐ. ६ भुराकोट र ढक्का, ऐ.१०
एम्पीघाट र पुनर्वास न.पा.४ “घ” गाँउबाट
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,६१,९२०।– बराबरको पेय
पदार्थ, बिडी, सुर्ती, सरप, अण्डा, मसला, हार्डवेयका सामान, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट
खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।