सवारी दुर्घटनामा मृत्यु
२०८१-०५-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।२१
गते २१:३० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. ०१
धनगढी रोड स्थित अत्तरिया विद्युत कार्यालय नजिक अत्तरिया-धनगढी सडक खण्डमा
अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको चालक नामथर, वतन खुल्न
नआएको सु.प.प्र.०१-००८ प ९९९८ नम्बरको
मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिदा चालक गम्भिर घाईते भई उपचारको लागि सेती
प्रादेशीक अस्पताल धनगढी लगिएकोमा ऐ.२२:२५ बजे चिकित्सकले चेकजाँच गर्दा मृत्यु
घोषणा गरेको ।