प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०५-२३

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८१।०५।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी धनगढी उ.म.न.पा. २ आदर्श टोल, ऐ. ३ चटकपुर र  ऐ.५ हसनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,०२,०००।– बराबरको बिडी, सुर्ती, मसला, काजु, चियापत्ती, साबुन, लेदर बेल्ट, चस्मा, खेलौना मालगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    कञ्चनपुर:- मिति २०८१।०५।२२ गते २१:०० बजेको समयमा जिल्ला कञ्चनपुरबेलौरी न.पा. ७ पौलाहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ९८,३००।– बराबरको पेय पदार्थबिडी, भारतिय नम्बर प्लेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरीकञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

    दार्चुला:- मिति २०८१।०५।२२ गते ०५:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला शैल्यशिखर न.पा.९ सतभोगेबाट सडकमा चालक नभई रोकिएको अवस्थामा रहेको म १ ज २२० नम्बरको बोलेरो जिपलाई शंका लागि चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,३३,०००।– बराबरको घोडा बिडी १९ पेटी, सलाई ४८ बण्डल र  हाईक्लास सुर्ती ३ बोरा बरामद गरी उक्त सामान र जीप  समेत नियन्त्रणमा लिएको, आवश्यक अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।