लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-२१
- A
- A-
- A+
लागु औषध नियन्त्रण बिशेष अभियान अन्तरगत मिति २०७९।१०।२० गतेको बेलुकी प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ मनेहरा स्थित ऐ.ऐ.१२ बस्ने बर्ष २८ को तुला राम खत्रीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ के.जि.६३२ ग्राम लागु औषध चरेस र जिल्ला कैलाली गोदावरी नपा २ बसपार्क पहाड लाईनमा छब्बिस पाथिभारा बझाङ होटलबाट शुक्रबार दिउसो जिल्ला बझाङ् छब्बिस पाथिभारा गा.पा. ६ बस्ने बर्ष २९ को सत्य नारायण फुलाराको साथबाट १ किलो ५ ग्राम लागु औषध चरेश सहित बरामद गरी पक्राउ हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर,यसैगरि मिति २०७९।१०।२० गतेको बेलुकी खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,बेलौरी नपा ६ बैशाखा स्थित नेपाल भारत सिमा ईलाकामा भारतबाट नेपाल आउदै गरेको से.६ प. ६६१४ नं. को मो.सा.मा सवार जिल्ला कैलाली घोडाघोडी न.पा. १० तुल्सीपुर बस्ने वर्ष २० को जिवन शाह र ऐ.ऐ ११ भलवा बस्ने वर्ष १९ को मिन ब. रावललाई शँका लागी चेक गर्दा निज जिवन शाहले घाँटीमा बेरेर लगाएको कपडा भित्र लुकाई छिपाई राखेको ब्राउन सुगर जस्तो देखिने कालो प्लाष्टिक भित्र शुद्ध तौल गर्दा १३.७८० ग्राम लागु औषध (खैरो हेरोईन) सहित पक्राउ गरेको हो । मो.सा. र निज दुवै जना समेतलाई उल्लेखित लागु औषध सहित आवश्यक कारबाहीको ईलाका प्रहरी कार्यालय बेलौरीमा ल्याई थप अनुसन्धान भईरहेको छ ।