प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान बरामद

२०८१-०५-२५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०५।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, ऐ.१४ “C” गाउँ र  कैलारी गा.पा.७ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४५,१००।– बराबरको प्याज, हार्डवेयरका सामान, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।

     कञ्चनपुर:- मिति २०८१।०५।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४ ब्रहमदेबऐ. ११ चौकीसत्ता र बेलौरी न.पा.२ दिनापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २,४७,८५०।– बराबरको बिडी, सुर्ती,  खानेतेल, तोरी, कस्मेटिक सामान, हार्डवेयरका सामान, किरानाका सामान, जुत्ता, चप्पल, मोबाईल कभर, बच्चाको साइकल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२१

    कैलाली:-   मिति २०८१।०९।२० गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा. ९ वालुवाटार स्थित सडक खण्डबाट ऐ, जानकी गा.पा.९ पुर्व खैरीफाँटा बस्ने बर्ष २० को निरज जैसीले चलाएको से ६ प ९०६३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल पछाडीको दुवै साईडको ईन्डिकेटर भित्र लुकाई छिपाई राखेको लुकाइ छिपाई राखेको अवस्थामा ७ ग्राम २६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल, निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:-   मिति २०८१।०९।२० गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा १० सुकाशालबाट ऐ. ९ ब्रहम्देव बस्ने बर्ष २५ को गगन सिह पाललाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट सुकाशाल, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

अबैध भन्सार छलिका सामान नियन्त्रण
२०८१-०९-२१

      कैलाली:-  मिति २०८१।०९।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ८ धनगढीगाँउ, ऐ. ९ त्रीवेणीघाट, जोशीपुर गा.पा.१ स्याउले, पिपरकोटी, कैलारी गा.पा.४ भितरीया मिलन सामुदायिक वन र “के” गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,८६,८८०।– बराबरको चिनी, बिडी, सुर्ती, दुध पाउडर, फलामको साङ्लो, चप्पल, जुत्ता, मोजा, डोरी, भुजा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।                कञ्चनपुर:-  मिति २०८१।०९।२० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु कृष्णपुर न.पा.९ लालझाडी स्थित लालझाडी जंगल र बेलौरी न.पा.१० भुँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३८,३६५।– बराबरको बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।      बैतडी:-  मिति २०८१।०९।२० गते १८:३० बजेको समयमा जिल्ला बैतडी, दशरथचन्द न.पा.१० अदारीपिण्ड स्थित सडक किनारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६२,६२५।– बराबरको चिनी, मिश्री, दाल, खाने तेल, सरप, नरिवल, जिरा, चियापत्ती, पिठो, सुर्ती, साबुन, बदाम, प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी चौकी बाराकोट, बैतडीबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय झुलाघाट, बैतडी पठाएको ।   

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२०

    कैलाली:- मिति २०८१।०९।१९ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय स्थित चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ बस्ने बर्ष ३४ को मोहन रानाले चलाएको से ४ प ६८५९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको हेण्डल भित्र लुकाइ छिपाई राखेको अवस्थामा ६ ग्राम १८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल, निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          यसैगरी,  मिति २०८१।०९।१९ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ त्रिनगर भन्सार चोक स्थित सु.प.प्र.०१-०११ प ६५३८ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा चालक ऐ.१३ बस्ने बर्ष २९ को बाहाली राना र  स्कुटर पछाडी सवार ऐ. ६ बस्ने बर्ष ३१ को दिपक रानालाई ५०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, स्कुटर, निजहरु दुवै जनालाई लागू औषध नियन्त्रण व्युरो शाखा धनगढी र  प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            यसैगरी,   मिति २०८१।०९।१९ गते १४:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १० घुइयाघाट स्थित चालक ऐ. ७ बस्ने बर्ष २५ को प्राभुपन रानाले चलाएको सु.प.प्र.०१-००९ प ५६२४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको अगाडीको भागमा लुकाइ छिपाई राखेको अवस्थामा ८४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ, मोटरसाईकल र निज समेत २ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।           यसैगरी,   मिति २०८१।०९।१९ गते २३:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ झोलुङ्गेपुल नजिकबाट जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.९ बस्ने बर्ष २४ को प्रदिप राना र बर्ष ३० को अनिल रानालाई ८९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र लागू औषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         यसैगरी,  मिति २०८१।०९।१९ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.२ आखाँ अस्पताल नजिक सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २३ को विक्रम बुढा र बर्ष १९ को मिलन टमटालाई ८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          यसैगरी,   मिति २०८१।०९।१९ गते २१:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ केदार टोलबाट  जिल्ला बैतडी, पाटन न.पा.८ घर भई हाल धनगढी उ.म.न.पा.३ केदार टोल स्थित नास्ता पसल संचालन गरी बसेको बर्ष ४० को रोसन महराको नास्ता पसलमा खानतलासी गर्दा उक्त पसलबाट ६९ ग्राम ३४० मिलिग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र १० लिटर अवैध घरेलु मदिरा समेत बरामद गरी उक्त पदार्थ र निजलाई वडा प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        कञ्चनपुर:- मिति २०८१।०९।१९ गते १२:३० बजेको समयमा जिल्ला कञ्चनपुर। भिमदत्त न.पा. १८ खैरभट्टी स्थित लागू औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने बर्ष ३१ को कैलाश लुहारको घर कोठा खानतलासी गर्दा ०.५४ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागू औषध नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट सालघारी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।             डडेल्धुरा:- मिति २०८१।०९।१९ गते १४:५० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.५ बागबजार स्थित बसपार्कबाट ऐ.नवदुर्गा गा.पा.२ बस्ने बर्ष २६ को खेम राज भट्टलाई ०.२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र जिल्ला डोटी, शिखर न.पा.८ गोबघाट बस्ने बर्ष २६ को साजन बलायरको साथबाट प्रिगासप्ट नामक लागू औषध २५ ट्याब्लेट फेला पारी उक्त पदार्थ, निजहरुले प्रयोग गरेको सु.प.प्र.०१-००९ प ९६५२ नम्बरको मोटरसाईकल र निजहरु दुवै जनालाई  जिल्ला प्रहरी कार्यालय  डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।