अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।२५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, ऐ. १० चक्मेलीघाट, भजनी न.पा ५ लालबोझी र ऐ. ९ कुडी बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०९,४००।– बराबरको प्याज, चिनी, नरिवल, साडी, कुर्ता सुरवाल, सुटपिस, फलफुलका बिभिन्न बोटबिरुवाहरु लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।