अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।२६
गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी
उ.म.न.पा.२ बैयाँबेहडी, ऐ. ९ बंग्राकटान र गोदावरी न.पा.५ आरपी फ्लोर मिल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु.५२,२००।– बराबरको चिनी,
सुर्ती, भाँडावर्तन, प्लाष्टिक झिल्ली
लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको
प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।२६ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४
१० गड्डाचौकी र पुनर्वास न.पा.४ कार्किलडाँडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु. १,६४,०००।– बराबरको सुर्ती, थान कपडा, सुटपिस,
कुर्ता सुरवाल, हार्डवेयर लगायतका सामानहरु
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले
वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।