अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।२८
गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा र गोदावरी
न.पा.१ धनगढी रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.५२,७०५।– बराबरको चिनी, मिश्री, अचार, नरिवल, सुर्ती, चक्लेट लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।२८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ४
बसपार्क र पुनर्वास न.पा. ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि
ल्याएका अन्दाजी मूल्य रु. ९६,०६०।– बराबरको स्टिकर, फोटो फ्रेम, भेष्ट,
पाईन्ट, फ्रक लगायतका सामानहरु जिल्ला प्रहरी
कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे
अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।